भारतको गणतन्त्र दिवसमा प्रधानमन्त्रीसहित शीर्ष नेताले दिए शुभकामना

भारत आज ७५ औं गणतन्त्र दिवस मनाइरहेको छ । यो दिवस नेपालमा पनि मनाइएको छ । काठमाडौंस्थित भारतीय राजदूतावामा विशेष कार्यक्रम गरेर दिवस मनाइएको हो ।

दिवसका अवसरमा भारतको निकटतम छिमेकी नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित उच्च सरकारी अधिकारी र दलका शीर्ष नेताहरूले शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री दाहालले दिवसका अवसरमा भारतीय समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदी, भारत सरकार र भारतीय जनतालाई शुभकामना व्यक्त गरेका छन् । उनले प्रधानमन्त्री मोदी र भारतीय जनताको सुस्वास्थ्य, शान्ति तथा समृद्धिको कामना गरेका छन् ।

यस अवसरमा नेपाल र भारतबीचको सम्बन्ध अझ प्रगाढ हुँदै जाने विश्वास पनि प्रधानमन्त्री दाहालले व्यक्त गरेका छन् ।

यस्तै परराष्ट्रमन्त्री एनपी साउदले पनि दिवसका अवसरमा भारतीय समकक्षी विदेशमन्त्री डा. एस जयशंकरलाई सम्बोधित गर्दै बधाई तथा शभकामना व्यक्त गरेका छन् ।

दिवसका अवसरमा भारतको निरन्तर प्रगति र समृद्धिका साथै नेपाल-भारत मित्रता थप सुदृढ बनोस् भन्ने कामना मन्त्री साउदले गरेका छन् ।

त्यस्तै पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पनि दिवसका अवसरमा समस्त भारतवासीलाई शुभकामना दिएका छन् ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेले पनि दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

उनले साझा विकासका चुनौतीहरूमा दिगो प्रगतिको साझा आकांक्षालाई पछ्याउनुपर्ने र यो प्रगाढ सांस्कृतिक सम्बन्धमा आधारित रहेको भन्दै नेपाल र भारतका जनताबीचको मित्रता अद्वितीय रूपमा न्यानो, उदार र दिगो रहोस् भन्ने कामना गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर