सैनिक उद्योगमा रक्षामन्त्री खड्का

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाको बहु व्यवसाय उद्योगको स्थलगत निरीक्षण भ्रमण गरेका छन् । उनले नेपाली सेना बहु व्यवसाय उद्योग (जुत्ता कारखाना), सुन्दरीजल आर्सनल कार्यालय र मिनरल वाटर प्लान्टको भ्रमण गरेको सेनाले जनाएको छ।

रक्षमन्त्री खड्कालाई प्रधानसेनापति प्रभुराम शर्माले सुन्दरीजलस्थित नेपाली सेना बहु व्यवसाय उद्योग परिसरमा स्वागत गर्दै नेपाली सेनाको बन्दोबस्ती क्षमता अभिवृध्दिमा यी उद्योगहरुको भूमिका बारे जानकारी गराएका थिए ।

रक्षामन्त्री खड्काले बहु व्यवसाय उद्योग (जुत्ता कारखाना), आर्सनल कार्यालय र मिनरल वाटर प्लान्टबाट हुने उत्पादन, ती इकाइहरुको सञ्चालन, व्यवस्थापन, वर्तमान अवस्था र भावी योजनाहरूको बारेमा जानकारी समेत लिएका थिए ।

उनले स्वदेशमानै यस किसिमका उद्योगहरूबाट सेनाका लागि आवश्यक बन्दोबस्ती सामग्रीहरुको गुणस्तरीय ढंगबाट उत्पादन हुनु सेनाको बन्दोबस्ती क्षमता अभिवृध्दीको दिशामा उल्लेखनीय विषय भएको धारणा व्यक्त गर्दै नेपाली सेनाको आत्मनिर्भरता वृध्दि गर्दै लैजानु जरुरी भएको बताए ।

भ्रमणमा रक्षासचिव किरणराज शर्मासहित रथीवृन्द तथा अधिकृतहरुको उपस्थिति रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर