तत्कालिन राष्ट्रपति बिद्यादेबी भण्डारीबाट विभुषित मालपोत अधिकृत पनेरु दोषी ठहर, ६ महिना कैद सजाय

तत्कालिन राष्ट्रपति बिद्यादेबी भण्डारीबाट निजामती सेवामा रहेर नागरिकको हित अभिबृद्धीको लागि गरेको योगदानको उच्च कदर गर्दै प्रबल जनसेवाश्री चतुर्थ श्रेणीबाट विभुषित मालपोत अधिकृत लेखा पनेरु महत घुस प्रकरणमा दोषी ठहर भएकी छन् ।

विशेष अदालतले शुक्रबार लेखालाई ६ महिना कैद, एक लाख ५० हजार रुपैयाँ बिगो र बिगोबमोजिम जरिवाना हुने सजाय सुनाएको छ ।

उनलाई अदालतका अध्यक्ष न्यायाधीश टेक नारायण कुँवर र सदस्यद्धय न्यायाधीश राम बहादुर थापा र  न्यायाधीश मुरारीबाबु श्रेष्ठकाे इजलासले दाेषी ठहर गरेकाे हाे ।

ताप्लेजुङ मालपोतकी तत्कालीन अधिकृत लेखालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक लाख ५० हजार रुपैयाँ घुस लिएको आरोपमा नियन्त्रणमा लिएको थियो ।

राष्ट्रपति बिद्यादेबी भण्डारीले १ वैशाख, २०७९ मा राज्यले निजामती सेवामा रहेर नागरिकको हित अभिबृद्धीको लागि गरेको योगदानको उच्च कदर गर्दै प्रबल जनसेवाश्री चतुर्थ श्रेणीबाट अधिकृत महतलाई विभुषित गरेको थियो । त्यसको ११ औं दिनमा मालपोत अधिृकत महत घूस रकमसहित रंगेहात पक्राउ परेकी थिइन् ।

आयोगले महतलाई एक लाख ५० हजार रुपैयाँ घूस रकम सहित ११ वैशाख, २०७९ मा नियन्त्रणमा लिएको थियो ।

महतले जग्गा दर्ता कायम गर्ने सिलसिलामा सेवाग्राहीसँग घूस लिएकी थिइन ।

बाबुका नामको जग्गा दाखेल खारेज गरी नयाँ लगत दर्तासहित छोराका नाममा पास गरिदिएबापत सेवाग्राहीबाट घूस रकम लिएकी हुन् ।

गत साउन महिनाबाट चलाइएको यस प्रक्रियामा सम्बन्धित धनीलाई कागजात बुझाउन बाँकी रहेको अवस्थामा आर्थिक लेनदेन भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ ।

उनलाई आयोगको टोलीले घूस लिइसकेको अवस्थामा फुङलिङ नगरपालिका–४ कोप्चेबाट नियन्त्रणमा लिएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *