समुदायमा कांग्रेस अभियान, कुन जिल्लामा को नेता जाँदैछन्?

नेपाली कांग्रेसले समुदायमा कांग्रेस अभियानअन्तर्गत नेताहरूलाई खटाएको छ। माघ १६ गते सहिद दिवसदेखि २६ गते सुशील कोइराला स्मृति दिवससम्मका लागि कांग्रेसले आफ्ना नेताहरूलाई जिल्ला जिल्लामा खटाएको हो।

कांग्रेस केन्द्रीय समितिको निर्णय अनुसार देशभरीका जिल्लाहरूको समुदायस्तरमा पुगेर जनताहरूको समस्या बुझ्न शीर्ष नेताहरूलाई खटाएको बताइएको छ।

यी हुन् जिल्लामा खटाइएका नेताहरू :

कोशी प्रदेश :
१) डा.शेखर कोइराला– झापा र सुनसरी
२) डा.नारायण खड्का– सङ्खुवासभा, भोजपुर, तेह्रथुम र धनकुटा
३) बलबहादुर के.सी.– मोरङ, ताप्लेजुङ, पाँचथर, इलाम, ओखलढुङ्गा र उदयपुर ।

मधेस प्रदेश र बागमती प्रदेशका ४ जिल्ला :
१) प्रकाशमान सिंह– मधेसको महोत्तरी, सिराहा, सप्तरी र धनुषा तथा बागमतीको सिन्धुली र मकवानपुर ।
२) महालक्ष्मी उपाध्याय ‘डिना’ – बारा, पर्सा, रौतहट र सर्लाही तथा बागमतीको धादिङ र चितवन

बागमती प्रदेश
१) डा.मिनेन्द्र रिजाल– काठमाडौँ, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा ।
२) पुष्पा भुसाल – ललितपुर, भक्तपुर, रामेछाप र दोलखा

गण्डकी प्रदेश
१) महेन्द्र यादव– तनहुँ, लमजुङ, गोर्खा, पर्वत र नवलपुर
२) प्रदीप पौडेल– कास्की, स्याङ्जा, म्याग्दी र बागलुङ

लुम्बिनी प्रदेश
१) विमलेन्द्र निधि– रुपन्देही, अर्घाखाँची, दाङ, पाल्पा, बाँके र रोल्पा
२) डा.डिला सङ्ग्रौला – कपिलवस्तु, पाल्पा, गुल्मी, रुकुम (पूर्व), बर्दिया, प्युठान र नवलपरासी

कर्णाली प्रदेश
१) डा.शशाङ्क कोइराला – दैलेख, सल्यान र सुर्खेत

सुदूरपश्चिम प्रदेश
१) भीष्मराज आङ्देम्बे– कैलाली, डोटी, अछाम, बझाङ, डडेलधुरा, दार्चुला, बैतडी र कञ्चनपुर ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर