आजको विदेशी मुद्राको विनिमय दर कति ?

नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

यस्तै, अमेरिकी डलर एकको खरिद दर १३२.६९ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.२९ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४.०२ रुपैयाँ रहेको छ भने बिक्री दर १४४.६७ रुपैयाँ रहेको छ ।

यस्तैगरी, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८.५६ रुपैयाँ रहेको छ भने बिक्री दर १६९.३२ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८७.२४ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.६४ रुपैयाँ रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३५.३८ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.५४ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.०७ रुपैयाँ रहेको छ भने बिक्री दर २८.१९ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर