एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठक आज सकिँदै

नेकपा (एकीकृत समाजवादी) को दोस्रो केन्द्रीय परिषद्को बैठक सोमबार पनि जारी छ। आइतबारबाट सुरू भएको परिषद् बैठकमा विधानमाथि छलफल केन्द्रित भएको सचिवालय जनाएकाे छ ।

काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा जारी बैठकमा विधानको मस्यौदामाथि दसवटा समूह बनाएर छलफल जारी रहेको र आजै साँझ बैठक सकिने सचिवालय जनाएकाे छ ।

परिषद् बैठकमा करिब एक हजार जना प्रतिनिधि छन्। केन्द्रीय कमिटी, केन्द्रीय निकाय, जन संगठनका पदाधिकारीका अलावा संघीय निर्वाचन क्षेत्रबाट एकजना महिला र एकजना पुरूष प्रतिनिधिका रूपमा बैठकमा सहभागी छन्।

एकीकृत समाजवादीले आगामी जेठ ३ गतेदेखि पहिलो राष्ट्रिय महाधिवेशन गर्दैछ। त्यसैका लागि विधानमाथि छलफल गराइरहेको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *