नागरिकता अर्कैको, बैंक खाता आफ्नो : परिन् पक्राउ

अर्काको नागरिकता दुरूपयोग गरी बैंकमा खाता खोलेको अभियोगमा एक महिला पक्राउ परेकी छिन्।

अर्काको नागरिकता दुरूपयोग गरी बैंकमा खाता खोलेको आरोपमा कागेश्वरी मनोहरा नगरपालिका-२ घर भई काठमाडौं महानगरपालिका-२० बस्ने ४० वर्षीया सरस्वती खड्कालाई प्रहरीले पक्राउ गरेको छ।

खड्काले अर्काको नागरिकता दुरुपयोग गरी बैंकको केवाइसी विवरणमा आफ्नो फोटो टाँसेर खाता खोली अन्य व्यक्तिलाई चेक दिई दुरुपयोग गरेको कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ।

उनीमाथि बैंकिङ कसुर सजाय ऐन, २०६४ बमोजिम प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर