प्रधानसेनापति शर्मा र बेलायती सेना प्रमुखबीच भेटवार्ता

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा र स‌ंयुक्त अधिराज्य बेलायतका सेना प्रमुख चिफ अफ द जनरल स्टाफ जनरल सर प्याट्रिक स्यान्डर्सबीच शिष्टाचार भेटवार्ता भएको छ।

मगंलबार प्रधानसेनापति शर्माको कार्यकक्षमा उनीहरूबीच भेटवार्ता भएको र भेटवार्तामा नेपाल र संयुक्त अधिराज्य बेलायतबीच सदियौँदेखि रही आएको पारस्परिक सम्बन्ध तथा दुई देशका सेनाबीच रहेको सम्बन्धलगायत आपसी चासोका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ।

भेटघाट अगाडि बेलायतका सेना प्रमुखको सम्मानमा नेपाली सेनाले एक टुकडीले सम्मान अर्पण गरेको सेनाले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर