पशुपतिको जग्गामा बनाएका अवैधानिक संरचना हटाउन निर्देशन

पशुपति क्षेत्र विकास कोषको जग्गामा बनेका अवैधानिक संरचना हटाउन निर्देशन दिइएको छ।

मगंलबार बसेको पशुपति क्षेत्र विकास कोषको बोर्ड बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले पशुपति क्षेत्र विकास कोषको जग्गा भित्र बनेका अवैधानिक संरचना तत्काल हटाउन निर्देशन दिएका हुन्।

यस्तै, मन्त्री किराँतीले सो बैठकमा घर तथा अन्य अवैधानिक संरचना खाली गराउन र ती जग्गाहरूको खोजीका लागि उच्च समिति गठन गरिने जानकारी गराए।

त्यस्तै, पशुपतिको आरतीको विषयमा छानबिन गर्नका लागि कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको नेतृत्वमा ५ सदस्य अध्ययन समिति गठन गरिएको कोषले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *