थप ३ महिनाका लागि त्रिविको उपकुलपतिमा भुषाल

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा थप तीन महिनाका सरकारले प्रा डा शिवलाल भुषाललाई नियुक्त गरेको छ।

प्रधानमन्त्री तथा त्रिविका कुलपति पुष्पकमल दाहालले भुषाललाई थप तीन महिनाको लागि उपकुलपतिमा नियुक्त गरेको प्रधानमन्त्रीका सचिवालयले जनाएको छ।

तत्कालीन उपकुलपति धर्मकान्त बास्कोटाको कार्यकाल सकिएपछि सरकारले भुसाललाई तीन महिनाका लागि उपकुलपतिमा नियुक्त गरेको थियो।

भुषालको पहिलो कार्यकाल सकिन एक दिन अगाडि सरकारले फेरि तीन महिनाको लागि कार्यकाल थपको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर