आइसीसी यू–१९ विश्वकप : बंगलादेशलाई १७० रनको लक्ष्य

नेपालले बंगलादेशलाई आइसीसी यू–१९ विश्वकपअन्तर्गत १७० रनको लक्ष्य दिएको छ।

टस जितेर पहिला ब्याटि्ङ रोजेको नेपालले ४९.५ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १६९ रन जोडेको थियो।

नेपाललाई सो लक्ष्यमा पुगाउन मध्यक्रमका ब्याट्सम्यान बिशाल विक्रम केसीले महत्वपूर्ण योगदान गरे। १०० बलको सामना गरेका केसीले ६ चौकाको मद्दतमा ४८ रन जोडे।

त्यस्तै, कप्तान देव खनालले ६० बलमा ३ चौकाको मद्दतले ३५ रन जोडेर क्याच आउट हु्न पुगे।

ओपनर अर्जुन कुमालले २६ बलमा १४ रन जोड्दै क्याच आउटहुँदा अन्तिमक्रमका ब्याट्सम्यान सुभास भण्डारीले १८ रन जोडे।

अन्य ब्याट्सम्यानले भने दोहोर अंकसमेत जोड्न सकेनन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर