व्यवसायी चौधरीलाई पक्राउ गरेको भन्दै उद्योग वाणिज्य महासंघको ध्यानाकर्षण

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणअन्तर्गत बिहीबार पक्राउ परेका व्यवसायी अरूण चौधरीलाई पक्राउ गरेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघले गम्भीर ध्यानाकर्षण भएको बताएको छ।

आजै प्रेस विज्ञप्ती जारी गर्दै महासंघले मुलुक आर्थिक समस्यासंग जुधिरहेका बेला उद्यमी व्यवसायीमाथि भैरहेको धरपकड एवं पक्राउबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

ֹ‘महासंघले सम्बन्धित विषयको गहिरो अनुसन्धान नभएसम्म व्यवसायीलाई पक्राउ नगर्न सरकारलाई पटकपटक आग्रह गर्दै आएको, पहिले गिरफ्तार गर्ने र त्यसपछि समस्या पहिल्याउने प्रवृत्तिले देशको वर्तमान व्यवसायिक परिदृश्यबाट पहिले नै निराश भएका व्यवसायीहरूलाई थप निरुत्साहित बनाएको छ। महासंघ यस विषयमा पहिले सत्यतथ्य पत्ता लगाएर आवश्यक परे कानुनी कारबाही अघि बढाउन सरकारलाई आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

महासंघले केही महिनाभित्रै नेपालमा लगानी सम्मेलन हुन लागेको र यस्ता पक्राउले हालका र सम्भावित स्वदेशी तथा विदेशी लगानीकर्तामा नकारात्मक सन्देश जानेसमेत जानकारी समेत गराएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *