हुने खानेलाई हिरासत माफ !

अदालतले धरौटीमा छाड्नका लागि आदेशदिए पनि पैसा बुझाउन नसक्नेहरू बन्दी नै रहनुपर्ने बाध्यतारहँदा प्रहरी हिरासतमा परेकै दिनदेखि हिरासत छल्नका लागि दैनिक हजारौँ रकम तिरेर अन्त्य बास बस्ने चाहानेहरू ठूलै संख्यामा रहेका छन्।

हुँदा खानेहरूलाई अदालतले धरौटीमा छाड्न आदेशदिएपनि उनीहरू बाहिर आउनका लागि पैसा नभइ जेलभित्रै बस्नुपर्ने बाध्यता रहँदा हुने खानेहरू भने प्रहरीको नियन्त्रणमै रहेको पहिलो दिनदेखि नै भिआइपी सुविधासहितको कक्षमा दैनिक हजारौ खर्च गरेर दैनिकी कटाउने गरेका छन्।

प्रहरीले पक्राउ गरेको सुरूको दिनदेखि नै महंगा अस्पतालहरूका भिआइपी कक्षमा बसेर दैनिकी कटाउनेहरूको धेरै ठूलै समूह छ, नेपालमा। उनीहरू पक्राउ पर्नुभनेको कुनै एक निजी अस्पतालले सुत्नलाई एउटा ओछ्यान दिएर केही नगरि आफूले चाँहे अनुसार पैसा कमाउनु सरह हो।

उनीहरू पक्राउपर्नु भनेको कुनै एक निजी अस्पतालले सुत्नलाई एउटा ओछ्यान दिएर केही नगरि आफूले चाँहे अनुसार पैसा कमाउनु सरह हो।

भिआईपी वातावरणमा र सुख सयलको जिन्दगी बिताइरहेकाहरू जब कुनै कारण प्रहरीको प्रकाउ परेर जब हिरासतमा बस्नुपर्छ तब उनीहरूको स्वास्थ्य एक्कासी गडबढ भइदिन्छ र महंगा अस्पतालहरूको भिआईपी कक्ष लामो समयसम्म बासस्थान बन्न पुग्छ। केही त यस्ता उदाहरण छन् कि प्रहरीले पक्राउ गरेको दिनदेखि अदालतले धरौटीमा छाड्न आदेश नदिदासम्म अस्पतालको भिआईपी कक्षमै लामो समय बिताएका। जब ६० दिनपछि अदालतबाट बिगोसहितको धरौटीको आदेश पाएपछि भने उनी अस्पतालबाट पनि डिस्चार्ज भएर घर फर्केका उदाहरण प्रशस्त छन्।

यसरी हिरासत छल्नका लागि अस्पताल बस्नुपर्दा सरकारी अस्पतालमा कम शुल्क र कमै मात्रामा सेवासुविधा हुने हुँदा भिआईपीहरू महंगा र निजी अस्पतालहरूमा भर्ना हुने रहर गर्छन्। सरकारी अस्पतालमा सामान्य शैय्या निःशुल्क वा दुई सयसम्म शुल्क लिइने गरेको छभने निजी अस्पतालले सामान्य शैय्याको दैनिक १५ सय रूपैयाँभन्दा माथि रकम लिने गरेका छन्।

सरकारी अस्पतालका आईसीयूहरूले दैनिक शुल्क १ हजारदेखि ३ हजार रुपैयाँसम्म पर्छभने निजीले दैनकि ९ हजारदेखि २१ हजारसम्म लिने गरेका छन्। झन् अस्पतालहरुले प्रदान गर्ने सेवासुविधा र शुल्कसम्बन्धी मापदण्ड निर्धारण गरिएको छैन। यसबाहेक विशेषज्ञ चिकित्सक र विभिन्न परीक्षणको शुल्क फरकै तिर्नुपर्छ।

हुन त् प्रहरीको हिरासतमा रहेका जोकोहीको पनि स्वास्थ्यमा समस्या आए उपचारका लागि सरकारी अस्पताल लैजानुपर्ने नियम छ। अवस्था हेरेर हिरासत नजिकैको निजी अस्पताल लगिए त्यसलाई व्यावहारिक रूपमा अन्यथा मानिदैन पनि।

बिहीबार मात्रै बाँसबारी छाला जुत्ता काराखानाको जग्गा हडपेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरी र कारखानाका तत्कालीन सञ्चालक अजितमानसिंह थापालाई अदालतले ४ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएसँगै उनी बिहीबार नै एक्कासी अस्वस्थ्य भएको भन्दै महाराजगञ्जस्थित चिरायु अस्पताल भर्ना गरिए।

उनीहरूको बसाई त्यहाँ कति दिनसम्म को हो? स्वास्थ्यमा के समस्या हो? कहिले सम्म स्वस्थ हुन्छन्? यी प्रश्नको जवाफ अनुत्तरित छ। यस्ता अस्पताल बसाई आजभोलि भिआईपीहरूका लागि हिरासत छल्नका लागि सबैभन्दा सजिलो र उत्तम उपाय हुन पुगेको छ।

केही हिरासत छल्नका लागि अस्पताल बसेका भिआईपीहरू :
-अभिनेता अनमोल केसी। पक्राउ पर्नुअघिसम्म तन्दुरुस्त। स्वास्थ्यको कारण देखाउँदै एकाएक महाराजगन्जस्थित चिरायु अस्पताल
-कमेडियन अपूर्व क्षितिज सिंह। वीर अस्पताल
-गायिका आस्था रावत। त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पताल
-पूर्वसभामुख कृष्णबहादुर महरा। एकाएक बिरामी। श्वासप्रश्वासको समस्या। रक्तचाप उच्च। मुटुको जाँच। नर्भिक इन्टरनेसनल अस्पतालमा २४ दिन
-भाटभटेनी सुपरस्टोरका मालिक मीनबहादुर गुरुङ। ६० दिन त्रिवि शिक्षण अस्पताल। अदालतबाट बिगोसहितको धरौटी पाएपछि अस्पतालबाटै डिस्चार्ज
-कृष्णदास गिरी ‘सिद्धबाबा’। प्रहरीको हिरासत छल्न लामो समयसम्म अस्पताल बसेका। यो व्यवहारले बलात्कार जस्तो अपराधको अनुसन्धान पूरा गर्न प्रहरीलाई कठिन। उच्च अदालत विराटनगरले तीन जना सरकारी डाक्टरले सिफारिस गरेपछि मात्रै अस्पताल बस्न पाउने आदेश गरेपछि उनी विराट नरसिंह होमको भीआईपी क्याबिनबाट बाहिरिन बाध्य
-ललिता निवास प्रकरणमा मुछिएका सुधीर शाह, धर्मप्रसाद गौतम, सिद्धिका खेतान र कलाधर देउजा
-गोविन्दराज जोशी, चिरञ्जीवी वाग्ले, जयप्रकाशप्रसाद गुप्ता, श्यामसुन्दर यादव
-उद्योगी प्रदीपजंग पाण्डे र पूर्वसहसचिव चूडामणि शर्मा
-हत्या अभियोग लागेका माओवादी लडाकु गोविन्दबहादुर बटाला। मुटु दुख्यो। वीर अस्पतालको आईसीयूमा भर्ना। अदालतले उनको पक्षमा फैसला गरेपछि अबिरजात्राका साथ अस्पताल छाडेका
-पूर्व सभासद् गायत्री साह। अस्पतालमा शिशु छाडेको आरोपमा पक्राउ। अस्पताल बसाई
-पृथ्वी मल्ल।पटक–पटक चिरायु अस्पताल भर्ना
-गोविन्दलाल संघाई। डिडिसिको ठेक्का लिन नक्कली कागजात बनाएपछि पक्राउ परेका उनी अस्पताल भर्ना

भिआईपीहरू यसरी प्रहरीको हिरासतबाहिर रहेर दैनिकी बिताउँदा प्रहरीलाई अनुसन्धानमा अपठ्यारो हुने अवकाशप्राप्त प्रहरी नायव महानिरीक्षक (डिआइजी) हेमन्त मल्ल बताउछन्। ‘भिआईपीहरूको दवाब र प्रभावले यस्ता कुराहरू हुने गर्छन्। यो कुरा हिजोपनि थियो। आजपनि छ। भोलिपनि रहनेछ,’ उनले पर्दाफाससँग भने, ‘प्रहरीलेपनि भिआईपीहरूमाथि त्यति जोखिम लिन चाहान्न। हिरासतमा रहेको बेला भिआईपीहरू माथि केही भयोभने प्रहरीलाई नै अपठ्यारो पर्छ।’

अवकाशप्राप्त डिआइजी मल्लले त्यस्ता भिआईपीहरूलाई सरकारी अस्पतालमा मात्रै उपचार गराउने ब्यवस्था र अन्यत्र उपचार गराउनुपर्ने अवस्था आए बिरामी हो कि हैन भनेर पत्ता लगाउने सरकारी समूह बनाएमात्रै केही नियन्त्रण हुनसक्ने बताए।

भिआईपीहरूलाई हिरासतमा राख्ने भनेकै अनुसन्धानका लागि भएको हुँदा उनीहरू बाहिर बस्दा प्रमाण नष्ट र अनुसन्धान प्रभावित हुने जस्ता कार्यहरू हुनसक्ने अवकाशप्राप्त डिआइजी मल्ल बताउछन्।

नेपाल मेडिकल परिषद्‍का रजिष्ट्रार विश्वराज दुवाडीले पर्दाफाससँग धेरैजसो भिआईपीहरू हिरासतमा पर्दा एक्कासी बिरामी छु भन्नु अच्चमको कुरो हुने गरेको बताए। तर, दुवाडीले हिरासतमा रहेको व्यक्ति होस् वा बाहिरको व्यक्ति भएपनि कसैले केहीको बिरामी छु भनेपछि बिरामी नै भएको मान्नुपर्ने र ढाटेको हो भन्न नसकिने दाबी गरे।

उनले हिरासतमा रहेका भिआईपीहरूलाई सामान्य अवस्थामा लामो समय अस्पतालमा राख्न नपाइने र राखेको केही उजुरीमाथि सम्बन्धित अस्पतालको बयानपनि मेडिकल परिषद्‍ले लिइसकेको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *