व्यवसाय नै धितो राखेर यसरी पाउन सकिनेछ २५ लाखसम्म ऋण

सरकारले व्यवसाय/परियोजनालाई धितो राखेर २५ लाखसम्मको ऋण लग्नका लागि प्रस्ताव आह्वान गरेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले नवप्रवर्धक उद्यमी प्रोत्साहनका लागि स्टार्टअप उद्यम कर्जाअन्तर्गत २५ लाखसम्मको ऋणका लागि प्रस्ताव आह्वान माग गरेको हो।

उद्योग मन्त्रालयले माघ ११ गते स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि २०८० स्वीकृत गरेपछि प्रतिष्ठानले प्रस्ताव माग गरेको हो।

कार्यविधिअनुसार स्टार्टअप उद्यमका रूपमा १६ वटा क्षेत्रमा उद्यम गर्न सकिने र तीन प्रतिशत ब्याजदरमा २५ लाख रुपैयाँसम्म स्टार्टअप कर्जा दिने सरकारले तयारी गरेको छ।

कर्जा तीन किस्तामा उपलब्ध हुने बताइएको छ।

स्टार्टअप उद्यम कर्जा लिन इच्छुकले आवेदन र प्रस्तावपत्र पेश गर्न सक्ने प्रतिष्ठानले जनाएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *