भाई पक्राउ परेपछि विनोद भन्छन् : बाँसबारीमा जग्गा विधि र प्रक्रियासंगत लिएको हो

नेपाली कांग्रेसका सांसद् तथा अर्बपति विनोद चौधरीले बाँसबारी छाला जुत्ता कारखानाको जग्गा विधि र प्रक्रियासंगत लिएको दाबी गरेका छन्।

शुक्रबार कांग्रेस संसदीय दलको बैठकमा बोल्दै सांसद चौधरीले कारखानाको जग्गा विधि र प्रकियासंगत लिएको र सरकारले अहिले आएर प्रतिशोध साधिरहेको आरोप लगाएका हुन्।

त्यस्तै, संसदीय दलको बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सञ्चारकर्मीसँग कुरकानी गर्दै सांसद चौधरीले संसदीय दल र नेतृत्वको ध्यानाकर्षण गराएको बताए। ।

उनले भने,‘उहाँले आफ्ना कुरा राख्नुभएको छ। पार्टीले कुनै आधिकारिक धारणा बनाएको छैन। नेता र सांसदले गम्भीरतापूर्वक सुनेका छौं।’

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा उद्योगपति चौधरीका भाई अरुण चौधरीलाई बिहीबार सिआईबीले पक्राउ गरेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर