भारतीय मोडेल पुनम पाण्डे जिउँदै

मृत भनिएकी भारतीय मोडेल पुनम पाण्डे जिउँदै रहेको पाइएको छ।

उनी स्वयंले इन्स्टाग्राममा भिडियो सेयर गर्दै आफू जिउँदै रहेको बताएकी छिन्।

पाण्डेको इन्स्टाग्राम एकाउन्टबाटै उनको मृत्यु भएको खबर सार्वजनिक भएको थियो।

उनले भिडियो सार्वजनिक गर्दै भनेकि छिन्, ‘म जिवित छु। सर्भिकल क्यान्सरले गर्दा म मरेको होइन। दुर्भाग्यवश, सर्भिकल क्यान्सरका कारण ज्यान गुमाएका अन्य महिलाहरूको बारेमा म यसो भन्न सक्दिनँ। पाठेघरको मुखको क्यान्सर अरू क्यान्सरजस्तो होइन। यो रोक्न सकिन्छ। तपाईंले आफ्नो परीक्षण गर्नु र HPV खोप लिनु पर्छ। हामी यो सबै गर्न सक्छौँ ताकि यो रोगको कारण अरू कसैले आफ्नो जीवन गुमाउनु नपरोस्।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर