अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको टोलीले भेट्यो गोवाका पर्यटनमन्त्री

भारत भ्रमणमा रहेको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको टोलीले गोवाका पर्यटनमन्त्री रोहन खाउँटेसँग भेटवार्ता गरेको छ।

टोलीले शनिबार गोवाका पर्यटनमन्त्री खाउँटेको कार्यालयमा पुगेर नै नेपाल-भारतबीचको सांस्कृतिक र पर्यटकीय सम्बन्धमा छलफल गरिएको हो।

पर्यटनमन्त्री खाउँटेले एक्समा ट्वीट गर्दै गर्दै नेपाल-भारतको गहिरो सहयोग र नजिकको सम्बन्धका बारेमा राम्रो छलफल भएको उनको सचिवालयले जनाएको छ।

भारतीय संसदको अन्तर्राष्ट्रिय समितिको निमन्त्रणमा मंगलबारदेखी समितीका सभापती यादवसहित सुनीता बराल, छिरिङबहादुर ल्हामु लामा तामाङ, सम्झना थपलिया, योगेश गौचन, हरि उप्रेती, शिशिर खनाल र गंगाराम चौधरी भारत भ्रमणमा छन्।

३० जनवरीदेखि ६ फ्रेबुअरीसम्म भारतमा रहने सांसदहरूको टोलीका लागि नेपाली राजदूतावासले संसदीय टोलीलाई भारतीय पक्षसँग कुराकानी गर्नको लागि विभिन्न सुझावहरू दिएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर