रास्वपाको दबाब अभियान आजदेखि सुरु हुँदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ‘राष्ट्रव्यापी दबाब अभियान’ आजदेखि सुरु हुँदैछ ।

२१ चैतसम्म चल्ने पहिलो चरणको अभियानको आज पार्टी सभापति रवि लामिछानेले उद्घाटन गर्ने कार्यक्रम छ ।

मेलम्ची परियाेजनाकाे दीर्घकालिन हितमा काम नगरी अस्थाइ तवरले पानी पथान्तरण गर्ने साेच राखिएकाे र याेजना समयमा पुरा नभएकाे भन्दै रास्वपाले दबाब यात्रा गर्न लागेकाे हाे ।

आइतबार बिहान १० बजे मेलम्ची नगरपालिका—११ स्थित परियोजनाको कार्यालयबाट दबाब यात्रा सुरू हुने रास्वपाले बताएको छ।

पहिलो चरणअन्तर्गत् माघ २१ देखि चैत २१ सम्म प्रत्येक प्रदेशका तीन-तीनवटा योजनामा दबाब यात्रा गरिने रास्वपाले बताएको छ।

रास्वपाले यसअघि पुस ९ देखि ११ गतेसम्म नारायणगढबुटवल ११३ किलोमिटर सडक खण्डमा दबाब यात्रा गरेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *