दोषी ठहर भएका पूर्व सांसद तामाङको सजाय निर्धारण हुँदै

विशेष अदालतबाट दोषी ठहर भएका पूर्व एमाले सांसद तथा व्यवसायी इच्छराज तामाङको सजाय निर्धारण हुँदैछ।

सम्पत्ति शुद्धीकरणको मुद्दामा दोषी ठहर भएका तामाङलाई आज (आइतबार) विशेष अदालतले सजाय निर्धारण गर्दैछ।

तामाङलाई सिभिल सहकारीमा ठगी र रकम हिनामिना गरेको आरोपमा गत असोजमा सिआईबीले पक्राउ गरेको थियो।

तामाङलाई विशेष अदालतले गत माघ ७ गते दोषी ठहर गरेको थियो।

उक्त सजायअनुसार कैद र बिगोका लागि आजका लागि पेशी तोकिएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *