पहिचानसहितको संघीयताको नारा लिएर चुनावमा जाँदा जनताका साथ नपाउनु दुर्भाग्यपूर्ण : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिचान सहितको संघीयताको नारा लिएर चुनावमा जाँदा पनि जनताका साथ नपाउनु दुर्भाग्यपूर्ण रहेको बताएका छन्।

आदिवासी जनजाति आयोगको तेस्रो वार्षिक स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले विसं २०७० सालको चुनावमा आफूहरु पहिचानसहितको संघीयता र संघीयता सहितको संविधान भन्ने मुल नारा लिएर निर्वाचनमा गएको भएपनि आदिवासी जनजातिकै साथ नपाएको बताए।

उनले भने, ‘खासगरी २०७० को चुनावको सन्दर्भमा हामीले पहिचान सहितको संघीयता र संघीयता सहितको संविधान भन्ने मुल नारा लिएर निर्वाचनमा गयौँ। तर त्यो नाराको पक्षमा जनमत देखिएन। त्यसको बिरुद्ध जनमत देखियो। यो बडो दुर्भाग्यपूर्ण कुरा हो भन्ने मलाई लाग्छ। निर्वाचन सकिएको लगत्तै पछि एकजना आदिवासी जनजातिकै स्थापित नेता म कहाँ आउनुभयो, तपाईंहरु पहिचानसहितको संघीयता, संघीयतासहितको संविधान भनेर नारा लगाउनु भयो। जनजातिले भोट जति सबै पहिचानबिरोधीलाई हाले भन्नुभयो। यो आदिवासी जनजातिको दोष होइन भनेँ। या पहिचान र संघीयताको पक्षमा, समावेशी र समानुपातिकताको पक्षमा काम गर्ने पार्टी र नेतृत्वको कमीको परिणाम हो भनेँ। त्यसो गर्ने पार्टी एकतावद्ध नरहनु र जनतालाई यो विश्वास दिलाउन नसक्नु, की पहिचान र अधिकारको लडाईं हामीले जित्नसक्छौँ भन्ने विश्वास दिलाउन नसक्नु हाम्रो कमजोरी हो। जनताको कमजोरी होइन।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर