नेपालको संसदीय प्रतिनिधिमण्डलद्धारा मुम्बईको वाङ्खडे क्रिकेट रंगशालाको भ्रमण

संघिय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका अध्यक्ष राजकिशोर यादवको नेतृत्वमा भारत भ्रमणमा रहेको आठ सदस्यीय प्रतिनिधिमण्डलले आज मुम्बईको प्रतिष्ठित वाङ्खडे क्रिकेट रंगशालाको भ्रमण गरेको छ । भारतीय विदेशमन्त्री डा एस जयशंकरले हालैको नेपाल भ्रमणका क्रममा नेपालमा क्रिकेटको विकास गर्ने प्रतिबद्धता व्यक्त गरेपछि यो भ्रमण भएको हो।

नेपाल भ्रमणका क्रममा मन्त्री जयशंकरले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई भारतीय भूमिमा ‘होम ग्राउन्ड’ दिने प्रस्ताव विस्तार गर्दै ग्राउन्डब्रेकिंग पहलको घोषणा गरेका थिए। नेपाली क्रिकेट टोलीको प्रतिनिधित्व गर्दै कप्तान रोहित पौडेलले भारत सरकारको यो अप्रत्याशित र उदार कदमप्रति हार्दिक आभार व्यक्त गरेका छन् ।

सदस्य सुनिता बराल, छिरिङबहादुर ल्हामु लामा तामाङ, एकमान थपलिया, योगेश गौचन, हरि उप्रेती, शिशिर खनाल र गंगाराम चौधरी सम्मिलित प्रतिनिधिमण्डल भारत भ्रमणमा छ । भारतको सम्बद्ध संसदीय समितिको निमन्त्रणामा यो भ्रमण भएको हो ।

यसअघि भ्रमण दलले गोवाका पर्यटनमन्त्री रोहन खाउँटेसँग भेटवार्ता गरेको छ।शनिबार गोवाका पर्यटनमन्त्री खाउँटेको कार्यालयमा पुगेर नै नेपाल(भारतबीचको सांस्कृतिक र पर्यटकीय सम्बन्धमा छलफल गरिएको हो।
टोलीले भारतका विदेशमामिला मन्त्री एस जयशंकरसँग भेटवार्ता गरेको छ।

टोलीले शुक्रबार विदेशमामिला मन्त्री जयशंकरको कार्यालयमा पुगेर नै नेपाल(भारत सहयोगको विभिन्न पक्षमा छलफल गरेको मन्त्री जयशंकरको सचिवालयले जनाएको छ।

विदेश मामिला मन्त्री जयशंकरले एक्समा ट्वीट गर्दै गर्दै नेपाल(भारतको गहिरो सहयोग र नजिकको सम्बन्धका बारेमा राम्रो छलफल भएको बताएका छन्।

यस्तै, टोलीलाई शुक्रबार नै हैदरावाद हाउसमा स्वागत गरिएको थियो। भारतीय पक्षले सामाजिक संजाल एक्स मा ट्वीट गर्दै समितीका सभापती सांसद सांसद राजकिशोर यादवको नेतृत्वको टोलीलाई हैदरावाद हाउस, नयाँ दिल्लीमा स्वागत गरेको जनाइएको थियो।

भी मुरलीधरनले सामाजिक सञ्जाल एक्समा ट्वीट गर्दै लेखेका थिए, ‘माननीय सांसद राजकिशोर यादवको नेतृत्वमा नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटनसम्बन्धी संसदीय समितिको हैदरावाद हाउस, नयाँ दिल्लीमा आयोजना गर्न पाउँदा खुसी लागेको छ। भारत(नेपाल सम्बन्धमा सकारात्मक गतिलाई महत्व दिन र निरन्तर संसदीय आदानप्रदानमा सहयोग पुग्नेछ।’

भारतीय संसदको अन्तर्राष्ट्रिय समितिको निमन्त्रणमा मंगलबारदेखी समितीका सभापती यादवसहित सुनीता बराल, छिरिङबहादुर ल्हामु लामा तामाङ, सम्झना थपलिया, योगेश गौचन, हरि उप्रेती, शिशिर खनाल र गंगाराम चौधरी भारत भ्रमणमा छन् ।

३० जनवरीदेखि ६ फ्रेबुअरीसम्म भारतमा रहने सांसदहरूको टोलीका लागि नेपाली राजदूतावासले संसदीय टोलीलाई भारतीय पक्षसंग कुराकानी गर्नको लागि बिभिन्न सुझावहरू दिएको छ। जसअनुसार नेपालीलाई सिम कार्डको सहज उपलब्धता, शिक्षण संस्थानमा भारतीय सरह शुल्क लिनुपर्ने र मानवबेचबिखन तथा ओसापसारको समस्यालगायतका एजेन्डा उठाउन सुझाव दिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर