यू–१९ विश्वकप : सेमिफाइनलमा आज भारत–दक्षिण अफ्रिका भिड्ने

यू–१९ एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलका खेल आज (मंगलवार)सुरु हुने भएका छन्।

दक्षिण अफ्रिकाको विलोमूर पार्क, बेनोनीमा नेपाली समयअनुसार आज दिउँसो पौने २ बजे हुने पहिलो सेमिफाइनलमा भारत र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुने भएको छ। ​

आजको खेलको विजेता फाइनलमा पुग्नेछ। बिहीवार हुने दोस्रो सेमिफाइनलमा पाकिस्तान र अष्ट्रेलियाबीच हुने प्रतिस्पर्धामा विजयी टोलीले उपाधिका लागि पहिलो सेमिफाइनलको विजेतासँग खेल्नेछ।

यू–१९ एकदिवसीय विश्वकपको फाइनल खेल भने आगामी आइतवार हुनेछ। समूह ए बाट भारत र पाकिस्तान अपराजित रहँदै सेमिफाइनल पुगेका हुन् भने समूह बी बाट अष्ट्रेलिया र दक्षिण अफ्रिका अन्तिम ४ मा पुगेका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर