के छ जनमतको राजनीतिक दस्तावेजमा (दस्तावेजसहित)

जनमत पार्टीले पारित गरेको राजनीतिक दस्तावेज सार्वजनिक भएको छ।

४४ पृष्ठ लामो राजनीतिक दस्तावेजमा अध्यक्ष सीके राउतले वर्तमान नेपालको राजनीतिक/राजनीतिक दलहरूको अवस्था, देशको वर्तमान अवस्था, देश विकास नहुनुका कारणलगायत विभिन्न विषयमा आफ्नो धारणा राखेका छन्।

गत माघ २१ गते पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले पारित गरेको राजनीतिक प्रतिवदेनमा नेपालका केही शीर्ष राजनीतिक दलहरूलाई विभिन्न रुपले हेरिएको छ।

दस्तावेजमा नेपाली कांग्रेसलाई समाजवादी अर्थव्यवस्था स्थापना गर्ने लक्ष्य रहेको पार्टीका रुपमा चित्रण गरिदा एमालेलाई बहुदलीय जनवादको मार्गनिर्देशन समाजवादको आधार निर्माण गर्ने पार्टीका रुपमा चित्रण गरिएको छ।

माओवादीलाई साम्यवादी शक्तिहरू झैं सर्वसत्तावाद र वंशवादतिर उन्मुख भएको पार्टी, एकीकृत समाजवादीलाई सैद्धान्तिक धरातल छाडेर व्यक्तिगत अहंकारबाट बनेको पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलाई लोकप्रियतावादबाट बढी निर्देशित र जनता समाजवादी पार्टी नेपाललाई माओवादी केन्द्रको भन्दा फरक विचार नभएको पार्टीको रुपमा हेरिएको छ।

यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीलाई एजेण्डा सिद्धान्त नभएको, गुटको समूहमात्र भएको, नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई एकीकृत जनक्रान्ति, पुरातन र शास्त्रीय भएकाले अब सम्भव नभएको पार्टीको रुपमा हेरिदा नागरिक उन्मुक्ति पार्टी र जनमतको एजेन्डा मिलेको उक्त राजनीतिक दस्तावेजमा उल्लेख गरिएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *