आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकताबारे माओवादीले आफ्ना सांसदलाई प्रशिक्षण दिने

सत्तारुढ माओवादी केन्द्रले आगामी आर्थिक वर्षको लागि बजेटका सिद्धान्त र प्राथमिकताकाबारे संसदमा छलफल गर्नुपूर्व पार्टीका सांसदहरुलाई प्रशिक्षण दिने भएको छ।

मंगलबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतक हितराज पाण्डेले संसदीय दलको बैठकमा तेस्रो अधिवेशनलाई कसरी प्रभावकारी बनाउने भन्नेबारेमा प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष पुष्पकमल दाहालले पार्टी सांसदहरुलाई निर्देशन दिएको बताएका हुन्।

उनले फागुनको १४ भन्दाअघि नै प्रशिक्षण कार्यक्रम सम्पन्न गर्ने निर्णय भएको बताउँदै भने, ‘हाम्रो संसदीय दलको बैठक हिजो र आज गरी दुई दिन बस्यो। बैठकले तेस्रो अधिवेशनलाई कसरी प्रभावकारी बनाउने भन्नेबारेमा प्रधानमन्त्रीज्यूले दलका सदस्यहरुलाई निर्देशन गर्नुभयो। सरकारले यही अधिवेशनमा सरकारको बजेटका सिद्धान्त र प्राथमिकताकामारे छलफल गराउँदै छ। त्यो छलफल गर्नुभन्दा अघि नै हाम्रो दलका सबै मान्य सदस्यहरुलाई त्यसको बारेमा राम्रो स्पष्ट बनाउनका लागि अन्तरक्रिया सहितको प्रशिक्षण कार्यक्रम छन्। फागुनको १४ भन्दाअघि नै सम्पन्न गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर