कांग्रेस नेता रिजालको व्यङ्ग : जय नेपाल भनेको लाल सलाम, लाल सलाम भनेको जय नेपाल हो

नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले गठबन्धनप्रति व्यङ्ग गर्दै जय नेपाल भनेको लाल सलाम र लाल सलाम भनेको जय नेपाल भएको बताएका छन्।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता रिजालले जय नेपाल भनेको लाल सलाम र लाल सलाम भनेको जय नेपाल हो भन्दै व्यङ्ग गरेका हुन्।

उनले भने, ‘मलाई गठबन्धनको बारेमा झगडा त गर्नुछैन। जय नेपाल भनेको लाल सलाम र लाल सलाम भनेको जय नेपाल हो भनेर नारा लगाएर हामी चुनाव जितेका पार्टी हौँ नि त। त्यो भन्दा खराब के होला। ओनसरी घर्ती भनेको मिनेन्द्र रिजाल हो,मिनेन्द्र रिजाल भनेको घनश्याम भुषाल हो भनेर चुनाव लडेर बनाएको गठबन्धन हो। अब हामीले ५ वर्षका लागि सम्झौता गरेका छौँ। पृथ्वीसुब्बा गुरुङले झुक्याउन, फकाउन, लोभ्याउन सक्नुभएन भने प्रधानमन्त्री फेरेको फेर्यै गर्छौं बाँकी काम गर्नुपरेन।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *