संघीय संसदको महासचिवमा पाण्डेय

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको महासचिवमा पद्म प्रसाद पाण्डेयलाई नियुक्त गरेका छन्।

राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार संविधानको धारा १०६ को उपधारा (१) बमोजिम राष्ट्रपतिले पाण्डेयलाई संघीय संसदको महासचिवमा नियुक्त गरेको जानकारी दिएकी हुन्।

पाण्डेयले मंगलबारमात्रै प्रतिनिधिसभाको सचिव पदबाट राजीनामा दिएका थिए। तर,राजीनामा दिए लगत्तै राष्ट्रपति पौडेलले महासचिवमा नियुक्त गरेका हुन्।

यसअगाडि संघीय संसदको महासचिवमा डा भरतराज गौतम रहेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर