एमाले उपमहासचिव गुरुङको प्रस्ताव : संघमा १२ वटा मन्त्रालय मात्रै राखौँ

नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले संघमा १२ वटा मात्रै मन्त्रालय हुनुपर्ने प्रस्ताव गरेका छन्।

गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत रहेका उनले संघमा १२ र प्रदेशमा ७ वटा मात्रै मन्त्रालय भए पुग्ने धारणा राखेका हुन्। संघीयतामा खर्च धेरै भयो भन्ने आलोचनाबाट बच्न पनि संघमा रहेको २५ वटा मन्त्रालय कटौति गरेर १२ वटामा झार्नुपर्ने उनको तर्क थियो।

उनले भने, ‘हाम्रो तीन तहको सरकार छ। अब चाँही त्यसलाई कसरी वर्कएबल बनाउने ? यो संघीय शासन प्रणाली धेरै महंगो भयो भन्ने आलोचना छ। त्यसको व्यवस्थापन कसरी गर्छौ हामी ? संघीय सरकारको कतिपय काम प्रदेश सरकारले गर्ने भएकाले, कतिपय डेलिभरीको काम स्थानीय सरकारले पनि गर्ने भएकाले संघमा अब २५ वटा मन्त्रालय चाहिँदैन, १२ वटा मन्त्रालयमात्रै राखे हुन्छ। सकभर १२ वटा मन्त्रालयमा झार्ने प्रयत्न गर्छौं हामी अब। परराष्ट्रसँग सम्बन्धित, मौद्रिक नीतिसँग सम्बन्धित, रक्षासँग सम्बन्धित वा सूचना, सञ्चारसँग सम्बन्धित विभागहरु बाहेक संघका कुनै विभागहरु आवश्यक पर्दैन। ५७ वटा विभागहरु छन्। त्यसमा १० वटा विभाग राखेर अरु हटाइदिए हुन्छ। त्यसले खर्च घट्छ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *