घुससहित नापी कार्यालय कलंङ्कीबाट दुई जना पक्राउ

१ लाख रकम घुससहित नापी कार्यालयमा काम गर्ने दुई जना पक्राउ परेका छन्। नापी कार्यालय कलंकीका सर्वेक्षक लक्ष्मीप्रसाद चौलागाई र राजधानी लेखापढी सेवाका कर्मचारी नेत्रमणि पोखरेल हुन्।

उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले बुधबार सेवा गाह्रीबाट १ लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो।

उनीहरुले जग्गाको हालसाविक र कित्ताकाट गरी पुर्जा उपलब्ध गराइदिने भन्दै घुस लिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर