प्रदेशका मुख्यमन्त्रीसहित सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

प्रदेशका मुख्यमन्त्रीसहित सत्ता गठबन्धनको बैठक बालुवाटारमा बसिरहेको छ।

बिहीबार माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसहित सत्ता गठबन्धनको शीर्ष नेताहरू बैठकमा सहभागी रहेका छन्। यस्तै, कांग्रेसका उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, कांग्रेस महामन्त्री गगन थापा, माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, जसपाका राजेन्द्र श्रेष्ठ पनि छलफलमा सहभागी छन्।

बैठकमा संघीयता कार्यान्वयन र पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर