क्यानडामाथि नेपालको रोमाञ्चक जित

एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नेपालले क्यानडाविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले क्यानडालाई ७ रनले पराजित गर्‍यो।

कीर्तिपुरको त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा अलआउट हुँदै २ सय २४ रन बनाएको थियो।

२ सय २५ रनको लक्ष्य पाएको क्यानडाले ४८औं ओभरमा २ सय १७ रन जोड्दै सम्पूर्ण विकेट गुमायो।

नेपालको जितमा कप्तान रोहित पौडेलले उत्कृष्ट बलिङ गरे। उनले चार विकेट लिए।

रोहितले ८.५ ओभरमा २ मेडन राख्दा २२ रन मात्र खर्चिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर