राष्ट्रिय सडक सुरक्षा परिषद् र सशस्त्र प्रहरी बलबीच एक सम्झौतापत्रमा हस्ताक्षर

राष्ट्रिय सडक सुरक्षा परिषद् र सशस्त्र प्रहरी बलबीच एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

भौतिक योजना तथा यातायात मन्त्रालयअन्तर्गतको सुरक्षा परिषद् र सशस्त्र प्रहरीबीच ‘दुर्घटनापछिको प्रतिक्रिया र हेरचाह सेवा मोडल’ सम्झौतापत्रमा हस्तााक्षर भएको हो।

सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालको उपस्थिती र भौतिक योजना तथा यातायात मन्त्रालयका सहसचिव एवं राष्ट्रिय सडक सुरक्षा परिषद्का सदस्यसचिव कृष्णराज पन्त र सशस्त्र प्रहरी बल नेपालकातर्फबाट नेपाल एपीएफ अस्पतालका प्रमुख प्राविधिक सशस्त्र प्रहरी नायव महानिरीक्षक डा रुपक महर्जनले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

सुरक्षित सडक र दुर्घटना न्यूनिकरण गर्दै जाने क्रममा दुर्घटना भई आईपर्ने आपतकालिन अवस्था, खोज तथा उद्धार र उपचारको व्यवस्था दुर्घटनास्थलमै गर्न स्थानीय स्वास्थ्य सेवा प्रदायकहरु र कुरिनटारको ईच्छाकामनास्थित सशस्त्र प्रहरी बल नेपालको लेबल ४ पृथ्वी राजमार्ग ट्रमा सेन्टरबीच चिकित्सकीय सम्प्रेषण गर्न एक किसिमको आबद्धताको लागि कन्सलटेन्टहरुले तयार गरेको नमुनागत प्रणाली कार्यान्वयमा ल्याई परिक्षण गर्न सशस्त्र प्रहरी बल नेपालको सहयोग तथा कार्यान्वयको लागि समझादारी पत्रमा हस्ताक्षर गरिएको जनाएको छ।

प्रोजेक्ट सञ्चालनपश्चात नागढुङ्गा–नौबिसे–मुग्लिङ्ग सडकखण्डमा दुर्घटनामा परेकाहरूको उद्वार, घाईतेहरुको उपचार स्थलगतमै तुरुन्तै हुने, अनाश्यक मृत्यु र अंगभंगमासमेत उल्लेख्य कमी आउने र स्थानीय सबै स्वास्थ्य संस्थाहरुमा ट्रमासम्बन्धी तालिम एवं मेडिकल सामाग्री तथा उपकरणहरुसमेत थप हुने सशस्त्रले जनाएको छ।

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले दुर्घटनामा परेका घाईते तथा बिरामीहरुलाई तत्काल उपचार सेवा प्रदान गर्नका लागि पृथ्वी राजमार्ग ट्रमा सेन्टर स्थापना भई कार्यसंचालन हुँदै आईरहेको उल्लेख गर्दै सडक दुर्घटना प्रतिकार्यलाई प्रभावकारी बनाई बिरामी तथा घाईतेहरुको जीवनरक्षा, ट्रमा सेन्टरको भौतिक संरचना र मानव संसाधनहरुको विकासमा समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम, बंशीराज दाहाललगायत राष्ट्रिय सडक सुरक्षा परिषद्का प्राविधिक तथा विशेषज्ञहरु र सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरुको समेत उपस्थित रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर