अध्यागमन अधिकृतमाथि हातपात गरेको आरोप लागेका असईको निलम्बन फुकुवा

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका अध्यागमन अधिकृतमाथि हातपात गरेको आरोप लागेका प्रहरी सहायक निरीक्षक (असई)को निलम्बन फुकुवा भएको छ।

असई सञ्जय तामाङको निलम्बन फिर्ता भएको हो।

निलम्बन फिर्ता भएसँगै सोही प्रकरणमा मुछिएका दुई जना सिपाहीलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरी सरुवा गरिएको छ।

असई निलम्बन भएपछि असन्तृष्टी जनाउँदै त्रिभुवन विमानस्थलका सुरक्षा प्रमुख डीआईजी अर्जुन चन्द ठकुरीले राजीनामा समेत गरेका थिए। केही समयपछि उनको राजीनामा फिर्ता गरिएको थियो।

हाल उनी बिदामा रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर