कोशी : मन्त्रिपरिषद् विस्तार हुँदै

कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तार हुने भएको छ।

प्रदेशमा आज(शुक्रबार) ४ जना मन्त्रीसहित १ राज्यमन्त्री थपिने भएका छन्।

कांग्रेसका दुई मन्त्री र एक राज्यमन्त्री तथा माओवादी केन्द्रका दुई मन्त्री थपेर मुख्यमन्त्री केदार कार्कीले मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन्।

मुख्यमन्त्री कार्कीले आज अपराह्न चार बजे नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण हुने बताएका छन्।

हाल कोशी प्रदेशमा भौतिक पूर्वाधार विकास मन्त्री कमल प्रसाद जवेगु र पर्यटन वन तथा वातावरण मन्त्री गणेशप्रसाद उप्रेती छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर