शैल्यशिखर : एउटा एम्बुलेन्स चलाउनका लागि ३ ड्राइभर

दार्चुलाको शैल्यशिखर नगरपालिकाले एक एम्बुलेन्सका लागि ३ जना सवारी चालक ‘ड्राइभर’ राखेको पाइएको छ।

नगरपालिका मातहतमा रहेको गोकुलेश्वर प्राथमिक अस्पतालमा रहेको बा २ झ १७४७ नम्बरको एम्बुलेन्स यस अगाडि वडा नम्बर ९ का मानसिंह बिष्टले चलाउँदै आएका थिए।

विगत ५ वर्षदेखि एक्लै एम्बुलेन्स चलाउँदै आइरहेको चालक बिष्टले बताए।

यता, अस्पतालका इन्चार्ज निरज बडूले केही दिन अगाडि मात्रै नगरपालिकाले थप २ जनाको काज सरुवा गरेको पत्र अस्पताललाई पठाएको पर्दाफाससँगको कुराकानीमा जानकारी गराए।

नगरपालिकाले माघ २१ गते अस्पताललाई पत्र पठाउँदै उनीहरूको काज सरुवा गरेको हो।

सरुवा गरिएका ती ३ जना सवारी चालकले भने अहिलेसम्म अस्पतालमा हाजिर भने नभएकाे इन्चार्ज बडूले बताए।

अस्पतालमा रहेको एउटा पुरानो एम्बुलेन्सका लागि नगरपालिकाले ३ जना राखेको भन्दै आलोचना भइरहेको छ।

फ्लोअप शैल्यशिखर :

बुवा मेयर भएको पालिकामा छोरा हाकिम र भतिजो इन्जिनियरको राज : यसरी गर्छन् ‘अनियमित’ काम

शैल्यशिखरका ‘दादागिरी’वाला इन्जिनियर धामी, यसरी धम्क्याएर काम गराउछन्

शैल्यशिखर : वडाध्यक्ष डाँगाको लेखापाललाई ‘मारी’ दिने धम्की (अडियोसहित)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर