एक दिवसीय सिरिज : क्यानडाविरुद्ध फिल्डिङ गर्दै नेपाल

नेपालले क्यानडासँगको एक दिवसीय सिरिजको दोस्रो खेलमा टस हारेर पहिला फिल्डिङ गर्दैछ ।

त्रिवि क्रिकेट मैदानमा भएको टसमा क्यानडाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो ।

यसअघि शृंखलाको पहिलो खेलमा नेपालले क्यानडाविरुद्ध सात रनको रोमाञ्चक जित निकालेको थियो । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले प्रस्तुत गरेको २२५ रनको लक्ष्य पछ्याएको क्यानडाले ४७.५ ओभरमा सबै विकेट गुमाएर २१७ रनमात्र बनाउँदा नेपालको जित सुनिश्चित भएको थियो ।

सोमबार शृंखलाको तेस्रो खेल हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर