अर्थतन्त्रको संरचनामा परिवर्तन गर्न आवश्यक छ : पूर्वसभामुख सापकोटा

पूर्वसभामुख अग्निप्रसाद सापकोटाले आर्थिक क्षेत्रमा र्‍याडिकल रिफर्म (अर्थतन्त्रको संरचनामा परिवर्तन) गर्नुपर्ने बताएका छन्।

शनिबार नेपाल हिमालय सीमापार वाणिज्य संघको २४ औं साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले परम्परागत बजेट, योजना निर्माणका ढाँचाहरुमा परिवर्तन गरेर र्याडिकल रिफर्मको आवश्यकता रहेको बए। उनले चीनबाट गरिबी निवारण र आर्थिक विकासबारे धेरै कुरा सिक्न आवश्यक रहेको बताए।

उनले भने, ‘हाम्रो सम्माननीय प्रधानमन्त्रीज्युले आर्थिक क्षेत्रमा एउटा र्याडिकल रिफर्म गर्ने भन्नुभएको छ। त्यस अर्थमा पनि यो धेरै नै महत्वपूर्ण छ। परम्परागत सबै बजेट, योजना निर्माणका ढाँचाहरु र सबै परिवर्तन गरेर एउटा र्याडिकल रिफर्म, एउटा निरन्तरतामा क्रम भंग गर्ने उहाँको जुन सोच छ, त्यो सोचलाई यो कार्यक्रमले मद्दत पुर्याउँछ। चीन हाम्रो छिमेकी राष्ट्र जहाँ गरिबी निवारण र आर्थिक विकासमा चमत्कार गरिरहेको छ, त्यस अर्थमा पनि हामीले त्यहाँको प्रविधि सिक्ने हिसावले, आर्थिक विकासबाट सिक्ने हिसावले पनि यो धेरै महत्वपूर्ण छ। हामीले नाकाहरु सुचारु गर्न, तातोपानी, केरुङलगायतका नाकाहरु सूचारु गर्नका लागि धेरै मिहेनत गरेका छौँ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *