एमाले महासचिव पोखरेल सवार गाडी पल्टियो

नेकपा एमालेका महासचिव शंकर पोखरेल चढेकाे गाडी पल्टिएको छ।

पार्टीको कामका लागि दैलेखजाँदै गर्दा दैलेखको डुङ्गेश्वर गाउँपालिकाको चुप्रामा महासचिव पोखरेलले सवार गाडी पल्टिएको हो।

महासचिव पोखरेल सवार म १ च ३६९ नम्बरको स्काेरपियो हिजो पल्टिएपनि आइतबार मात्रै उक्त घटना सार्वजनिक गरिएको छ।

गाडी पल्टिदा एक जना एमाले नेतृको हातमा चोट लागेको र अन्य क्षति नभएको स्रोतले बताइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *