फर्जी कागजपत्र बनाएर आठ करोड बढी कर्जा लिने थापा पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले बैंकिङ कसुरमा फरार रहेका रामभक्त थापालाई पक्राउ गरेको छ।

पुनरावेदन अदालत पाटनको मिति २०७१ बैशाख २९ गतेको फैसलाले थापालाई बैंकिङ कसूर तथा सजाय ऐन २०६४ को दफा १५ (२) (घ) बमोजिम तीन वर्ष कैद र विगो असुल गरी विगो बमोजिम जरिवाना हुने ठहर गरेको हो।

सिआइबीका अनुसार थापाले क्यापिटल मर्चेन्ट तथा फाइनान्स कंपनी लिमिटेडका पदाधिकारी र कर्मचारीहरूलाई प्रभावमा पारी आफू सञ्चालक रहेको काभ्रे ब्रोइलर सप्लायर्स नामक प्राइभेट फर्मको फर्जी कागजातहरू तयार गरी आठ करोड पचास लाख रुपैंया कर्जा लिएका थिए। सो कर्जा दुरुपयोग गरी क्यापिटल मर्चेन्ट तथा फाइनान्स कंपनी लिमिटेडलाई नौ करोड सात लाख छ हजार तीन सय अठहत्तर रुपैंया चौहत्तर पैसा विगो बराबर हानी नोक्सानी पुर्याएको भन्ने बैंकिङ कसुर मुद्दामा (साविक) पुनरावेदन अदालत पाटनले सजाय सुनाएको थियो ।

फरार रहेका थापालाई सिआइबीको टोलीले मिति २०८० माघ २६ गते कोटेश्वरबाट पक्राउ गरेको बताइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर