कञ्चनपुरका राना हत्या प्रकरण : प्रहरी सहायक हवल्दारसहित दुई जना पक्राउ

कञ्चनपुरका एक युवक मृत्यु प्रकरणमा दुई जना पक्राउ परेका छन्। लालझाडी गाउँपालिका–३ का २८ वर्षीय राजकुमार रानाको मृत्यु प्रकरणमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

प्रहरीले कृष्णपुर नगरपालिका–६ का महेश चौधरी र चेतराज भण्डारीलाई पक्राउ गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीकाअनुसार चौधरी र भण्डारीलाई इलाका प्रहरी कार्यालय झलारीको टोलीले पक्राउ गरेको हो।

पक्राउ परेका चौधरी प्रहरी सहायक हवल्दार हुन्।

राना गत २८ बालुवाफाँटा जंगलमा मृत भेटिएका थिए।

उनको हत्या गरेको भन्दै उनकी श्रीमती सुशीला रानाले दुवै जनाविरुद्ध किटानी जाहेरी दिएकी थिइन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर