रामग्राम प्रकरणमा प्रधानमन्त्री प्रचण्डको बचाउ गर्दै पर्यटनमन्त्री किराँती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले रामग्राम क्षेत्र उत्खनन तथा बौद्ध स्तुपा निर्माणको सम्बन्धमा प्रधानमन्त्रीमाथि आक्षेप नलगाउन सांसदहरुलाई आग्रह गरेका छन्।

आईतबार प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा बोल्दै मन्त्री किराँतीले प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि रामग्रामको आक्षेप नलगाउन सांसदहरुलाई आग्रह गरेका हुन्।

उनले समिति बैठकमा सांसदहरुले प्रधानमन्त्री र मन्त्रीको मिलेमतोमा रामग्राम क्षेत्र उत्खनन तथा बौद्ध स्तुपा निर्माण गर्ने लगायत समझदारी गर्न खोजिएको आक्षेप लगाएको भन्दै असन्तुटि जनाए।

उनले भने,‘लुम्बिनी विकास कोषको अध्यक्ष भएकाले समितिमा छलफल गर्ने र रामग्रामका विषयमा सम्झौता भएको हो भने त्रुटिपूर्ण छ। सरकारको तर्फबाट कतै पनि स्वीकृत दिएको छैन। लुम्बीनी विकास कोषको बैठकमा स्पष्ट छ कानूनी पक्षको समेत अध्ययन गरी आवश्यक प्रक्रिया अगाडि बढाउन मन्त्रालयलाई सिफारिस बैठकले गरेको थियो। मन्त्री नै बसेर आफैँले सम्झौता गर्ने सस्कृति नसिकाउने भन्नेकुरा हुँदैन। रामग्रामसँग बिना प्रमाण सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई जोड्नु भएन। पर्यटनमन्त्रीको रुपमा गल्ति भएको छ भने आफैँ जिम्मेवारी र सजायको भागिदार हुन पनि तयार छु। तर अनुमानित रुपमा प्रधानमन्त्रीमाथि आक्षेप लाउने कुरा गरिमामय संसदीय समिति बैठकमा नगर्दा राम्रो हुन्छ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर