देशभर ४ जना मृत फेला

देशभरका विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला परेका छन्।

प्रहरीका अनुसार सिन्धुलीको तिनपाटन गाउँपालिका-९ बर्मेली खोलामा सोही गाउँपालिका-९ बतासेडाँडा बस्ने ७९ वर्षीय टंकमान कामी सोमबार मृत अवस्थामा फेला परेका छन्।

यस्तै, सुनसरीको बराहक्षेत्र नगरपालिका-१ बराहक्षेत्र बजारस्थित टंक मगरको घरमा हाल वतन नखुलेका अन्दाजी ५० वर्षीय राजु माझी नाम गरेका व्यक्ति मंगलबार मृत अवस्थामा फेला परेका हुन्।

त्यस्तै, पर्साको वीरगन्ज महानगरपालिका-१७ अलौँस्थित पोखरीमा पनि हाल नाम,थर नखुलेकी अन्दाजी ६० वर्षीया महिला सोमबार मृत अवस्थामा फेला परेकी छिन्।

यसैगरी रूपन्देहीको बुटवल उपमहानगरपालिका-७ शिवनगरस्थित सामुदायिक वनको खोल्सामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *