२८ वर्षदेखि पार्टी नेतृत्व सम्हालिरहेका प्रचण्ड भन्छन् : नेतृत्वमा बसिराख्ने लोभ छैन

माओवादीको स्थापना कालदेखि नै पार्टीको नेतृत्व सम्हालिरहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई सधैँभरी पार्टी नेतृत्वमा बसिराख्न लोभ नभएको बताए ।

मङ्गलबार पार्टीको विधान अधिवशनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कोही कमरेड तर्क र तथ्यसहित आए आफूलाई नेतृत्वमा बसिराख्ने लोभ नभएको भने ।

‘कोही कमरेड तर्क र तथ्यसहित आउनुहुन्छ भने मलाई नेतृत्वमा बसिराख्ने लोभ पनि छैन,’ उनले भने।

यस्तै, उनले माओवादी जनयुद्धमा सहभागी नेता तथा कार्यकर्ताहरूलाई चाँडै एकताबद्ध हुन आग्रह गरेका छन्। उनले भने,‘माओवादी जनयुद्धमा सहभागी नेता कार्यकर्तालाई अब ढिलो नगरी एउटै मोर्चा र केन्द्रमा एकताबद्ध हुन अपील गर्न चाहन्छु।’

२०५२ सालमा स्थापना भएको तत्कालिन माओवादीदेखि हालको माओवादी केन्द्रसम्म आइपुग्दा अध्यक्ष प्रचण्डले पार्टीको नेतृत्व छोडेका छैनन्।

नेतृत्वकै लागि माओवादी सशस्त्र संघर्षका सहयात्री केही शीर्ष नेताहरूलाई चरम यातनासमेत दिएका थिए। लामो समय पार्टीमै रहेर माओवादी सशस्त्र संघर्ष गरेका र शान्ति प्रक्रियामा आइसकेपछि अध्यक्ष प्रचण्डको कार्य शैली मन नपरेको भन्दै मोहन वैद्य, सिपी गजुरेल, बाबुराम भट्टराई, नेत्रविक्रम चन्दहरू छुट्टिसकेका छन्।

पार्टीको आकार सानोहुँदै गएपछि एमालेसँग गठबन्धन गर्दै पार्टी एकता गरेका नेपाल कम्युनिष्ट पार्टी बनाएका तत्कालिन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेतृत्वमै बसिराख्ने लोभका कारण ओलीसँगैको हैषियत खोजेर दुई अध्यक्ष भए।

तर, एमालेको ठूलो समूह र सो समूहबाट पीडित हुन थालेपछि नेतृत्व गुमाउनुपर्ने डरका कारण प्रचण्डले फेरि माओवादी केन्द्र नै पुनर्गठन गरे।

सो पछि पनि पहिला माओवादीको भोटबाट सभासदहुँदै मन्त्री भएका लेखराज भट्ट, रामबहादुर थापा बादल, टोपबहादुर रायमाझीलगायत प्रचण्डको कार्यशैलीप्रति असन्तृष्टहुँदै एमालेमा रहन पुँगे।

अहिलेपनि माओवादी केन्द्रमा प्रचण्ड शैली र उनकाे परिवार माेह तथा निश्चित स्वार्थ समूहसँगकाे हिमचिमका कारण पार्टीभित्रकाे एउटा समूह असन्तुष्ट छ। तर, पार्टीभित्र लाेकतान्त्रिक शैलीभन्दा युद्धकालिन शैली हावी रहेका कारण साे समूह माैन रहन बाध्य भएकाे पार्टीकै नेताहरू अनाैपचारिक कुराकानीमा सुनाउने गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर