प्रचण्डलक्षित ओलीको आरोप : जनयुद्ध सत्ता र प्रधानमन्त्री बन्नका लागि मात्रै

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्ध प्रधानमन्त्री पद र सत्ताका लागि मात्रै भएको आरोप लगाएका छन्।

मंगलबार काठमाडौंमा आयोजित मानव अधिकार रक्षकहरुको चौथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले पछिल्ला गतिविधिहरू हेर्दा जनयुद्ध सत्ता र प्रधानमन्त्री बन्नका लागि मात्रै भएको स्पष्ट हुने आरोप लगाएका छन्।

उनले भने, ‘हिंसा किन गरेको थियो अहिलेसम्म पुष्टि छैन। तर १७ हजार मानिस मारिए। मानव अधिकारको भयावह उल्लंघन भयो। मारिने १७ हजारको कुरा बेग्लै हो, धेरै घाइते, अशक्त भए, अहिले शरीरमा गोली बोकेर हिँडेका छन्। कोही वर्षौंसम्म बिस्तारमा परेर मर्नुपर्ने अवस्था आयो। हिंसाको मात्रै कुरा होइन, आतंक बेग्लै खालको थियो। मान्छे गाउँमा बस्न सकेनन्। सदरमुकाम गए, सदरमुकाममा बस्न सकेनन् राजधानी आए, राजधानीमा बस्न सकेनन् विदेश पलायन भए। विदेश पलायन हुने कुराको लस्कर त्यहाँबाट शुरु भएको हो। भयावह हिंसा भयो। राज्य जोगाउने नाउँमा वा जनयुद्ध चलाएर सत्ता कब्जा गर्ने नाउँमा चाहिएको सत्ता रहेछ। जम्माजम्मी सत्ता। सरकार रहेछ, सांसद रहेछ। चाहिएको त प्रधानमन्त्री न रहेछ। अनि त्यत्तिका लागि यत्रो मान्छे मर्नुपर्ने ?’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *