पाल्पा जिप दुर्घटना : आठ मृतकमध्ये तीन जनाको पहिचान खुल्यो

पाल्पामा जिप दुर्घटना मृत्युभएका ८ जना मध्ये तीन जनाको पहिचान खुलेको छ।

पहिचान खुल्नेमा तिनाउ गाउँपालिका-६ कोलाङका ६२ वर्षीय कृष्णबहादुर अस्लामी, अन्दाजी ३२/३३ वर्षका रामबहादुर अस्लामी र उर्मिला अस्लामी रहेको स्थानीय शिक्षक प्रेम रानाले बताएका छन्।

उनका अनुसार गाउँमा पाहुना बस्न गएकाहरू दुर्घटनामा परेकोले अन्यको पहिचानमा समस्या भएको छ।

पाल्पाको तिनाउ गाउँपालिका–६, मस्याङको चिदिसमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको थियो भने केही व्यक्तिहरू घाइते भएका थिए।

प्रहरीकाअनुसार सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिसजाँदै गरेको लु १ ज २३७१ नम्बरको जिप डुम्रे र चिदिसको बीच भागमा मंगलबार दुर्घटना भएको हो।

घटनास्थलमा प्रहरी चौकी प्रभासको टोली र स्थानीयले घाइतेहरुलाई लुम्बिनी मेडिकल कलेज प्रभासमा लगेका छन्।

केही मृतकको पहिचान खुलेपनि केही मृतक र घाइतेको पहिचान खुलिसकेको छैन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर