बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतका अधिकृत नै पक्राउ परेपछि…

बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतका एक अधिकृत पक्राउ परेका छन्। पक्राउ पर्नेमा अदालतका शाखा अधिकृत गोपाल गजमेर रहेका छन्।

उनीमाथि एक युवतीले आफूलाई बलात्कार गरेको भन्दै ललितपुर प्रहरीमा जाहेरी दिएकी थिइन्। गजमेरविरुद्ध ती युवतीले माघ २९ गते जाहेरी दिएको र जाहेरीपछि उनलाई जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ गरेको हो।

गजमेर यसअगाडि उच्च अदालत पाटनमा कार्यरत रहँदा सोही कार्यालयमा करारमा काम गर्ने एक कर्मचारीसँग नजिक रहेको र ती युवतीले आफूलाई गत माघ १८ गते करणी गरेको भन्दै जाहेरी परेको बुझिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर