सशस्त्र प्रहरीमा डीआईजी बढुवाको तयारी

सशस्त्र प्रहरी बल, नेपालले सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहमा रिक्त रहेको सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवाका लागि सूचना निकालेको छ ।

सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) बिदुर खड्का अनिवार्य अवकाश भएपछि सो पद रिक्त रहेको थियो ।

सशस्त्र प्रहरीको बढुवा समितिको सचिवालयले बिहीवार सूचना निकाल्दै रिक्त रहेको एक् पदका लागि बढुवाका सम्भाव्य उम्मेदवार रहेका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकहरुले आफूले प्राप्त गरेको शैक्षिक योग्यता लगायत बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाण-पत्रका प्रतिलिपिहरुसहित फारम भरेर बुझाउन भनेको हो ।

सचिवालयका सदस्य सचिव सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्र प्रकाश गौतमले जारी गरेको सूचनामा सशस्त्र प्रहरी नियमावलीको नियम ४० बमोजिम बढुवाका सम्भाव्य उम्मेदवार रहेका एसएसपीहरुले नियमावलीको नियम ५१ सँग सम्बन्धित अनुसूची १३ बमोजिमको मूल्याङ्कन फाराम भरेर सूचना प्रकाशन भएको मितिले ७ दिनभित्र गृह मन्त्रालय, बढुवा समितिको सचिवालयमा पेशगर्न भनिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर