दाङमा प्रहरी श्रीमानले गोली हानेर गरे प्रहरी श्रीमतीको हत्या

दाङमा नेपाल प्रहरीमा कार्यरत श्रीमानले प्रहरीमै कार्यरत श्रीमतीको गोली हानी हत्या गरेका छन् ।

कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत हाल  नेपालगञ्जमा कार्यरत रहेका प्रहरी सहायक हवल्दार  यमबहादुर झाँक्रीले वडा प्रहरी कार्यालय दाङमा कार्यरत श्रीमती प्रहरी जवान धनमाया थापाको केही समयअघि गोली हानेर हत्या गरेका हुन् ।

दाङको घोराही नगरपालिकास्थित दामोदर चोकमा प्रज झाँक्रीले प्रज थापामाथि गोली प्रहार गरेका हुन् । गम्भीर घाइते भएकी उनको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको हो । गाेली प्रहारका समय प्रज थापा डीउटीमा रहेकी थिइन् ।

भे १२ प ११५० नम्बरकाे पल्सर २२०सीसी माेटरसाइकलमा सवार झाँक्रीले उनीमाथी गाेली प्रहार गरेका थिए ।

घटनाको पुष्टिगर्दै लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी कुवेर कडायतले आरोपी झाँक्री प्रहरी नियन्त्रणमा रहेको र घटना के कारणले भएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको पर्दाफासलाई बताए ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लका अनुसार घटनास्थलमा तीन राउण्ड गोली चलेको थियो ।

महिला प्रहरीमाथि गोली चलाउने झाँक्रीलाई लमही नगरपालिका–६ अर्जुनखोलाबाट पक्राउ गरिएको थियाे । उनका साथबाट लोड रहेको बेरेटा
नाइन एमएम पेस्तोल १ थान र त्यसमा लाग्ने म्यागेजिन र ७ राउन्ड गोलीसमेत बरामद भएकाे प्रहरीले जनाएकाे छ ।

जिल्ला प्रहरी कार्यालय दाङले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *