एसीसी महिला प्रिमियर कप : फाइनल प्रवेशका लागि मलेसियासँग प्रतिस्पर्धा गर्दै नेपाल

नेपालले एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा आज आयोजक मलेसियाको सामना गर्दै छ ।

यो खेल मलेसियास्थित बायुएमास ओभलमा नेपाली समय अनुसार ११: १५ बजेदेखि शुरु हुदै छ ।

नेपालले बुधबार सम्पन्न क्वाटरफाइनलमा कुवेतलाई ८ विकेटले पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो भने मलेसियाले बुधबारनै जापानलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

त्यस्तै आजै अर्को सेमिफाइनलमा थाइल्याण्ड र युएई भिड्दै छन् । यो खेल भने नेपाली समय अनुसार बिहान ७ः१५ बजे हुदैछ । सेमिफाइनलका विजेता दुवै देश महिला एशिया कपमा छनौट हुने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर