वर्तमान निर्वाचन प्रणालीलाई सच्याउन जरुरी छ : अग्नि खरेल

पूर्वमन्त्री अग्नि खरेलले वर्तमान निर्वाचन प्रणालीलाई सच्याउन जरुरी रहेको बताएका छन्।

बिहीबार सर्वोच्च अदालत बार एशोसिएशनको स्वर्ण महोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले राजनीतिक दलहरु अहिलेकै निर्वाचन प्रणालीबाट बहुमत ल्याउने दाबीका साथ हिँड्नु उचित नहुने बताए।

उनले भने, ‘अहिलेका संविधानमा धेरै कमी कमजोरीहरु छन्। लेखन, भाषा, शुद्धतामा, सपष्टतामा कमीकमजोरी छन्। तर पनि यो संविधान सभाले बनाएको हो। त्यसैले यसको इतिहास गर्विलो छ। जनताबाट निर्वाचित मानिसले बनाएको हो। यो भन्दा पर हामी स्टेप डाउन गर्न सक्दैनौँ। अर्को स्टेप लिन पनि सक्दैनौँ। अब हामीले पटक पटक संविधान बनाउने होइन। यसलाई समृद्ध गर्ने बाटोमा मात्रै अघि जान सक्छौँ। संशोधन वा सर्वोच्च अदालतको फैसलाको माध्यमबाट मात्रै अघि बढ्न सक्छौँ। जहाँ बिग्रिएका छन्, बनाउँदै जाने हो, बिग्रिएका ठाउँमा धेरै पोजिसन लिनु हुँदैन। डिफेक्टिभ निर्वाचन प्रणाली अघि बढेको छ, डिफेक्टिभ निर्वाचन प्रणाली लिएर हामी अघि बढेका छौँ, मिसन ०८४ भन्छौँ। तर यो निर्वाचन प्रणालीले कसैलाई बहुमत दिन्छ ? भन्न तयार कोही छैन। कसैलाई बहुमत दिँदैन।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर