क्रिकेट

नेपाललाई नेदरल्यान्ड्सको १ सय ३८ रनको सामान्य लक्ष्य

कुशल भुर्तेलले ४ र ललित राजवंशीले २ विकेट लिए

आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत दोस्रो खेलमा नेदरल्यान्ड्सले नेपाललाई १ सय ३८ रनको सामान्य लक्ष्य दिएको छ । आज शनिबार टियु क्रिकेट मैदानमा भएको खेलमा नेदरल्यान्ड्स ३९ ओभरमा अलआउट भएको हो ।

नेपालले टस जितेपछि फिल्ड गर्ने निर्णय लिएको थियो । उत्कृष्ट बलिङ र फिल्डीङ गर्दै नेदरल्यान्ड्सलाई सुरुवातदेखि दबाबमा राखेपछि नेदरल्यान्ड्सले ठूलो लक्ष्य दिन नसकेको हो । नेपालका लागि कुशल भुर्तेलले ४ विकेट लिए । सोमपाल कामीले १, ललित राजवंशीले २ र कप्तान रोहित पौडेलले १ विकेट लिए ।

नेदरल्यान्ड्सुका लागि कप्तान स्कट एडवार्ड्सले सर्वाधिक ३३ रन जोडे । ४९ बलमा १ चौका प्रहार गर्दै संयमित इनिङ खेलेका उनी नवौं विकेटको रुपमा कुशल भुर्तेलको एलबीडब्लु धरापमा परेका थिए । । कुशलले मध्यक्रम ध्वस्त पार्दै कुल ४ विकेट लिए ।

नेदरल्यान्डको इनिङ्सलाई बास डे लिडे र साइब्रान्ड एंगलब्रेक्टले साझेदारी गर्दै केही सम्हाल्ने प्रयास गरे पनि ललितले १६ औं ओभरमा एंगलब्रेक्टलाई स्लिपमा क्याच गराएर सफलता दिलाए । उनले ३५ बलमा २३ रन जोडे । २० औं ओभरमा ललितले नै बासलाई बोल्ड गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर